९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ४ गते , शुक्रबार

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलको दृढ प्रतिबद्धता: सुशासन, जनताको विश्वास पुनःस्थापना र समृद्ध मधेश निर्माणमा जोड

source NNB २०८२ आश्विन ३० गते , बिहीबार
2
Shares
234
Views
मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलको दृढ प्रतिबद्धता: सुशासन, जनताको विश्वास पुनःस्थापना र समृद्ध मधेश निर्माणमा जोड

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलको दृढ प्रतिबद्धता: सुशासन, जनताको विश्वास पुनःस्थापना र समृद्ध मधेश निर्माणमा जोड

जनकपुरधाम, असोज ३० – मधेश प्रदेशका चौथो मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण गरेका जितेन्द्र प्रसाद सोनार (सोनल) ले पदभार ग्रहण गर्दै आफू रमाइलोका लागि नभई सेवा र कामका लागि आएको बताएका छन्।

पद तथा गोपनीयताको शपथ लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,
“पदलाई इन्जोय गर्न हैन, सेवा गर्न आएको हो। मन्त्री हुँदा १६–१८ घण्टा काम गरेको सबैलाई थाहा छ।”

भोजपुरी भाषामा शपथ लिएका सोनलले प्रतिक्रिया दिने क्रममा केही अङ्ग्रेजी शब्द पनि प्रयोग गरे। उनले आफू देवता नभएको भन्दै कमजोरी भए सच्याउन आग्रह समेत गरे।

“म मान्छे हो, देवता होइन। काम गर्दा केही कमीकमजोरी भयो भने व्यक्तिगत वा सामूहिक रूपमा बताउनुहोस्,” उनको भनाइ थियो।

मुख्यमन्त्री सोनलले अधिकारहरूको संरक्षण गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाए। उनले जेन–जी आन्दोलनबाट उत्पन्न जनआवाजलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले केही महत्वपूर्ण प्रश्न उठाए:

      * जेन–जीको मुभमेन्टबाट उठेका मागलाई कसरी सम्बोधन गर्ने?
      * जनताको विश्वास कसरी जित्ने?
      * सरकारी सेवा वितरणलाई कसरी चुस्त-दुरुस्त र प्रभावकारी बनाउने?
      * सुशासन कसरी कायम गर्ने?
      * संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रदेशबाट कसरी मजबुत बनाउने?

सोनलले मधेश आन्दोलन, ऐतिहासिक जनआन्दोलन, माओवादी जनविद्रोह र जेन–जी आन्दोलनका सहिदहरूको सपना पूरा गर्नुपर्ने बताए।

उनको भनाइमा सरकारको प्राथमिकता यसप्रकार रहनेछ—

    * संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास
    * निमुखा जनतालाई अधिकार सम्पन्न बनाउने
    * सर्भिस डेलिभरी सुधार
    * सुशासन सुनिश्चित

“मधेशलाई विकास र समृद्धिको बाटोमा कसरी डोर्‍याउने? यही आजको मुख्य चुनौती हो। हामी दृढताका साथ अघि बढ्छौं, गठबन्धन अहोरात्र खटिनेछ,” उनले भने।

पदभार ग्रहण गरेसँगै उनले ‘हेल्लो सिएम’ कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरे, जसले जनताको आवाज, गुनासो र भावना सीधै संकलन गर्छ।

“जनताको भावना कदर गर्नु पहिलो प्राथमिकता हुनेछ,” उनले उल्लेख गरे।

सोनल र उनका नवनियुक्त मन्त्रीहरूले जनकपुरधामको मुजेलिया स्थित शहिद गेटमा पुगेर शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो कार्यकालको सुरुआत सम्मान र जिम्मेवारीसहित गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज