९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

रास्वपामा देखिएको नेतृत्व द्वन्द्व परिवर्तनको गतिमा बाधा : सुमना श्रेष्ठको टिप्पणी

source NNB २०८२ कार्तिक २० गते , बिहीबार
3
Shares
244
Views
रास्वपामा देखिएको नेतृत्व द्वन्द्व परिवर्तनको गतिमा बाधा : सुमना श्रेष्ठको टिप्पणी

रास्वपामा देखिएको नेतृत्व द्वन्द्व परिवर्तनको गतिमा बाधा : सुमना श्रेष्ठको टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्री सुमना श्रेष्ठ ले दलभित्रको नेतृत्व बहस र समन्वयको कमीले परिवर्तनको अभियान नै कमजोर बनेको आरोप लगाएकी छन्। उनले नयाँ विकल्प निर्माणको आवश्यकता अझै प्रस्ट रूपमा देखा परेको बताएकी छन्।

रास्वपाबाट बाहिरिएकी सुमना श्रेष्ठले परिवर्तनको अपेक्षासहित अगाडि बढेको राजनीतिक यात्रा नेतृत्व विवाद र व्यक्तिगत स्वार्थ का कारण अवरुद्ध भएको दाबी गरेकी छन्। उनका अनुसार, परिवर्तनको नारा मात्रै पर्याप्त छैन, त्यसलाई व्यवहारमा उतार्न सक्षम सामूहिक, स्पष्ट र जवाफदेही नेतृत्व अत्यावश्यक छ।

सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पुराना दलहरूको सुधार हुने सम्भावनामा भरोसा गर्नु अब अर्थहीन भएको समेत बताइन्। श्रेष्ठले लेखिन्,
“पुराना राजनीतिक दलहरूले पटक–पटक सत्ता पाए पनि ठोस परिणाम दिन असफल भएका छन्। उनीहरूका एकता र सहकार्य पनि प्रायः चुनावी स्वार्थमा मात्र सीमित हुन्छन्।”

उनका अनुसार, परिवर्तनको पक्षमा उभिएका नयाँ शक्तिहरू समेत समन्वय, दृष्टि र नेतृत्व एकताको अभाव मा अल्झिएका छन्।
“अहिले चुनौती विचारको होइन, नेतृत्वलाई कसरी साझा बनाउने भन्ने हो,” उनले भनिन्, “त्यसैले सबै रूपान्तरणकामी शक्तिलाई एउटै फ्रेममा ल्याउन सक्ने सामूहिक नेतृत्वको आवश्यकता देखिन्छ।”

श्रेष्ठ हाल नयाँ राजनीतिक पार्टी गठन गर्ने तयारीमा रहेको जानकारी सार्वजनिक गरिसकेकी छन्, जसले नयाँ राजनीतिक विकल्प खोजिरहेका मतदाताहरूलाई लक्षित गर्ने अनुमान गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज