९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ३ गते , बिहीबार

‘रिच ड्याड, पोर ड्याड’ अब आधिकारिक नेपाली संस्करणमा, कथालयले लिए प्रकाशन अधिकार

source NNB २०८२ कार्तिक २० गते , बिहीबार
5
Shares
281
Views
‘रिच ड्याड, पोर ड्याड’ अब आधिकारिक नेपाली संस्करणमा, कथालयले लिए प्रकाशन अधिकार

‘रिच ड्याड, पोर ड्याड’ अब आधिकारिक नेपाली संस्करणमा, कथालयले लिए प्रकाशन अधिकार

विश्वभर लोकप्रिय पुस्तक ‘रिच ड्याड, पोर ड्याड’ को आधिकारिक नेपाली अनुवाद अब कथालय इन्क प्रालिद्वारा प्रकाशित हुँदैछ। यसका लागि अमेरिकी संस्थासँग कथालयले औपचारिक सम्झौता सम्पन्न गरेको छ।

उद्यमशीलता र वित्तीय चेतनाबारे विश्व प्रसिद्ध पुस्तक ‘रिच ड्याड, पोर ड्याड’ को नेपाली भाषामा अधिकृत अनुवाद तथा प्रकाशनको अधिकार कथालय इन्क प्रालिले प्राप्त गरेको छ। अमेरिकास्थित रिच ड्याड अपरेटिङ कम्पनीका तर्फबाट कार्यकारी प्रमुख किम कियोसाकी र कथालयका सह–संस्थापक तथा निर्देशक राजीवधर जोशीबीच यसबारे सम्झौता सम्पन्न भएको हो।

रोबर्ट कियोसाकीद्वारा लिखित उक्त पुस्तकले विश्वभर ४ करोडभन्दा बढी प्रतिहरू बिक्री गरिसकेको छ र ५१ भाषामा १०९ मुलुकमा प्रकाशित भइसकेको छ। नेपाली संस्करण कथालयको ‘वी रिड’ ब्रान्डबाट प्रस्तुत गरिनेछ।

नेपालमा विदेशी पुस्तकहरू बिना अनुमति अनुवाद वा छापिने प्रवृत्तिले नेपाली प्रकाशन उद्योगको अन्तर्राष्ट्रिय छवि कमजोर भएको उल्लेख गर्दै, निर्देशक जोशीले यस सम्झौताले नेपालको प्रकाशन विश्वसामु विश्वसनीयता स्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गरे।

अनुवादित संस्करण ‘धनी बुबा, गरिब बुबा’ शीर्षकमा पुस मसान्तभित्र बजारमा उपलब्ध हुने कथालयले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज