Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित मन्त्रीहरूद्वारा सपथ
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार भएको समारोहमा प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्र लाभले मुख्यमन्त्री यादवलाई सपथ खुवाउनुभएको हो । त्यस्तै, नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सामेल गरिएको छ । उनीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ ।