९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

भन्सार एजेन्ट र विभागबीच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने

source NNB २०८२ मंसिर २४ गते , बुधबार
2
Shares
135
Views
भन्सार एजेन्ट र विभागबीच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने

काठमाडौं । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिहरूबीच भएको वार्तामा सहमति जुटेपछि देशभरका भन्सार कार्यालयहरू तत्काल सञ्चालनमा आएका छन् ।

मंसिर २३ गते भएको छलफल सकारात्मक बनेपछि महासंघले देशभरका भन्सार कार्यालयमा जारी विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

यो सहमतिसँगै भन्सार एजेन्टहरूले हड्ताल फिर्ता लिई काममा फर्किने भएका छन्, जसले आयात-निर्यात प्रक्रियाहरू सहज हुने अपेक्षा गरिएको छ।

बुधवार भएको वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा घोषणाकर्ताले कागजात फरक रूपमा संलग्न गरेमा लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवानासम्बन्धी कडा व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ।

तत्कालको लागि भने यो जरिवानालाई दफा २० को उपदफा १० र ११ अनुसार दण्ड जरिवाना छुट दिने सहमति पनि बनेको छ। यसबाहेक, भन्सार एजेन्टको इजाजतपत्र अनलाइनबाटै नवीकरण गर्ने र इन्ट्री तथा एक्जिट नोटहरू एजेन्ट स्वयंले जारी गर्ने व्यवस्था मिलाउने जस्ता अन्य महत्त्वपूर्ण विषयहरूमा पनि सहमति जुटेको छ।

माघ २३ देखि सुरु भएको पेन डाउनका कारण भन्सार प्रक्रियामा अवरोध भएको थियो ।

छलफल सफल भएपछि भन्सार कार्यालयहरूमा नियमित कार्य सुचारु भएको महासंघले जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज