Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
दाङको लमहीस्थित होटलमा गोली चल्यो, एक जना घाइते
दाङ । दाङ देउखुरीको लमहीमा सुनचाँदी पसलका सञ्चालकमाथि गोली प्रहार भएको एक सातापछि होटलमा पनि गोली चलेको छ । आज शनिबार बिहान लमहीकै रातोडाँडास्थित होटलमा गोली चल्दा एक जना घाइते भएका छन् ।
रातोडाँडामा रहेको रोयल प्यालेस होटलमा पेस्तोलबाट गोली पड्किँदा सोही होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका प्रहरीले जनाएको छ ।
गौतमको हातको औंलामा चोट लागेको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
घाइते गौतमका अनुसार कोठा सफा गर्ने क्रममा एअर कन्डिसन (एसी) माथि राखिएको पेस्तोल अचानक पड्किएको थियो । त्यो पेस्तोल कसको हो र त्यहाँ किन राखिएको हो भन्ने खुलेको छैन ।