९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

रवि लामिछाने धरौटीमा रिहा भए

source NNB २०८२ पुस ४ गते , शुक्रबार
0
Shares
141
Views
रवि लामिछाने धरौटीमा रिहा भए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो ।

आदेशअनुसार उनलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो । रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो । आज बिहान पहिलो उडानबाट भैरहवा ल्याउने भनिए पनि खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान हुन नसके पछि उनलाई भरतपुरसम्म हवाइमार्ग र त्यसपछि सडक मार्ग हुँदै करिब साढे ५ बजे मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

 अदालतका सूचना अधिकारी पदम अर्यालले रविलाई आजै रिहा गर्नुपर्ने भएकाले आज साँझसम्म अदालत खुलेको बताए । रिहा हुँदै रविले भने, “न्याय अझै पाउन बाँकी नै छ । म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ । मैले बोल्ने समय आउँदै छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ ।”

रविले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी बुझाउनु भएको थियो । जिल्लाले त्यसरी छाड्न नमिल्ने बताउँदै अस्वीकार गरेको थियो । त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

आदेशअनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको बिगोवापतको दुई करोड ७४ लाख ८४ हजार र एक करोड धरौटी गरी तीन करोड ७४ लाख ८४ हजार प्रभु बैंकमा जमानत बुझाएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए । पछि फैसला हुँदा धरौटी र बिगोवापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा स्वीकार गर्नुपर्ने जनाइएको छ ।

विसं २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर त्यस विरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए । उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसपछि उहाँलाई भैरहवा कारागार चलान गरिएको थियो । उहाँले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उनलाई रुपन्देही कारागारबाट साउन ३१ गते काठमाडौँ कारागार सरुवा गरिएको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको रु ५५ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोग छ ।

रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये रु १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए । जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज