९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ३ गते , बिहीबार

समानुपातिक सांसद छनोटमा नातावाद हाबी ? कांग्रेसी नेता र कार्यकर्ताको गम्भीर प्रश्न

source NNB २०८२ पुस १६ गते , बुधबार
3
Shares
422
Views
समानुपातिक सांसद छनोटमा नातावाद हाबी ? कांग्रेसी नेता र कार्यकर्ताको गम्भीर प्रश्न

समानुपातिक सांसद छनोटमा नातावाद हाबी ? कांग्रेसी नेता र कार्यकर्ताको गम्भीर प्रश्न

मधेसमा समानुपातिक सूचीमार्फत सांसद बनाउने परिपाटीप्रति असन्तुष्टि, ‘व्यक्ति होइन—प्रणालीमाथि प्रश्न’

नेपाली कांग्रेसका शीर्ष नेताहरूले समानुपातिक सांसद छनोटमा नातागोता र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिएको आरोप उठ्न थालेको छ। मधेस क्षेत्रका कांग्रेसि नेता र कार्यकर्ताले नेताहरूको यस्तो प्रवृत्तिले दशकौँदेखि संघर्ष गरेका प्रजातन्त्र सेनानी र उनीहरूका परिवार अन्यायमा परेको भन्दै कडा असन्तोष व्यक्त गरेका छन्।

गत प्रतिनिधि सभामा कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधी स्वयं समानुपातिक सांसद बनेको र यसपटक आफ्नै भान्जी निनु कर्णलाई मधेसी महिला तर्फको बन्द सूचीमा पहिलो नम्बरमा राखेर सांसद बन्ने सुनिश्चित टिकट दिलाइएको घटनालाई लिएर पार्टीभित्र प्रश्न उठाइएको हो। साथै विमल कर्ण प्रत्यक्ष तर्फ चुनाव लड्दै रहेका र जित सुनिश्चित देखिएको सन्दर्भमा कार्यकर्ताले व्यक्तिगत बधाईसँगै प्रणालीगत आलोचना पनि गरेका छन्।

सम्बन्धित कार्यकर्ताका अनुसार पछिल्लो समय समानुपातिक प्रणाली नातावाद र कृपावादको माध्यम बन्दै गएको छ। पार्टीभित्र प्रतिभा, संघर्ष र योगदानभन्दा पनि पारिवारिक सम्बन्धलाई प्राथमिकता दिनु लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ छ। यदि संविधानले यही प्रकारको समानुपातिक प्रणालीको परिकल्पना गरेको हो भने त्यसलाई पुनरावलोकन वा खारेज गर्नुपर्ने तर्कसमेत प्रस्तुत गरिएको छ।

मधेस क्षेत्रका कांग्रेसि नेता जीवनाथ चौधरीले विमल कर्णलाई सम्बोधन गर्दै प्रश्न गरेका छन्— एउटै क्षेत्रमा जेल–नेल भोगेका, लाठी खाएका, यातना सहेका र जीवनभर प्रजातन्त्रका लागि लडेका ललन चौधरी, प्रफुल्ल राज घिमिरे, युवराज खाति, राज किशोर सिंह, राम भरत साह, वैद्यनाथ साह, धीरेन्द्र मोहन झा, निर्मल चौधरी, देवचन्द्र झा, अनिता श्रीवास्तव, दिगम्बर राय, विभास लाभ, शम्भु नाथ झा लगायत थुप्रै प्रजातन्त्र सेनानीहरूले के पाए?

चौधरीको भनाइमा नेवि नदाफ, सोनेलाल पासवान, महावीर शर्मा, अखिलानन्द श्रीवास्तव, युगेश्वर शर्मा, भुवनेश्वर महासेठ, बलभद्र लाल कर्णजस्ता नेताहरू जीवनभर लोकतन्त्रका लागि लडे, कतिपय कारागारमै बिते, कतिपय गरिबीमै मृत्यु भए। तर आज तिनका परिवारको अवस्था बुझ्ने नेता समेत भेटिँदैन। गाँस, बास र कपासको समस्यामा रहेका ती परिवारहरू कुनै सूचीमा परेनन्।

कार्यकर्ताले स्पष्ट पारेका छन्—आलोचना कुनै व्यक्तिप्रति होइन, प्रणालीप्रति हो। निनु कर्णलाई व्यक्तिगत रूपमा बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरिएको भए पनि, योग्यता र बलिदानभन्दा नाता–सम्बन्ध ठूलो बन्नु पीडादायक भएको उनले बताएका छन्।

यसै सन्दर्भमा उनले स्व. बी.पी. कोइरालाको भनाइ स्मरण गराएका छन्—
“नेतृत्वले गलत गर्दा पनि टुलु–टुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास।”

अन्त्यमा उनले प्रश्न गरेका छन्—
“हामी कार्यकर्ता के बन्ने? इतिहास बनाउने कि इतिहासमा प्रयोग भएर हराउने?”

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज