Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
विमलेन्द्र निधिको दाबी- विशेष महाधिवेशनको औचित्य समाप्त भयो
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गर्दै विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आउन नपर्ने बताएका छन्।
आज सभापति शेरबहादुर देउवाको निवासमा देउवा पक्षका नेताहरूबीच भएको छलफलपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै निधिले भने, ‘विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ, देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँ आउनुपर्ने जरूरत छैन। निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय भएको छ।’
उनले नियमित महाधिवेशन कार्यतालिका आइसकेकोले विशेष महाधिवेशनको औचित्य नभएको दाबी गरेका हुन्।
तर विधानको धारा १७ को उपधारा २ मा हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानको यो व्यवस्था बाध्यकारी रहेकोले विशेष महाधिवेशन हुने बताइरहेका छन्।
आज देउवा निवासमा भएको छलफलमा महामन्त्रीद्वय थापा र शर्मालाई बोलाइएको थिएन।