९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

राष्ट्रिय सभा सदस्य निर्वाचन: मधेशमा ४ पदमा ११ उम्मेदवार

source NNB २०८२ पुस २३ गते , बुधबार
0
Shares
100
Views
राष्ट्रिय सभा सदस्य निर्वाचन: मधेशमा ४ पदमा ११ उम्मेदवार

जनकपुरधाम । मधेश प्रदेशबाट राष्ट्रियसभाका लागि ४ वटा पदका ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय मधेश प्रदेश जनकपुरधाम अनुसार अन्य, महिला, दलित र अल्पसङ्ख्यक/अपाङ्गता भएका समूह तर्फ गरी चार पदका लागि विभिन्न राजनीतिक दलका ११ जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चारवटै समूहमा उम्मेदवारी दिएको छ भने जनता समाजवादी पार्टी नेपालले ३, नेपाली काँग्रेसले २, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १/१ पदका लागि उम्मेदवारी उम्मेदवारी दर्ता गराएको छ । 

महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाका शमी कुमारी अग्रवालले उम्मेदवारी दिनु भएको छ । दलितमा जसपा नेपालकी चमेली देवी दास, कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

यस्तै, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्य समूहमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको मधेश प्रदेशका निर्वाचन अधिकृत सुभाष बाबु पुरीले जानकारी दिनु भयो ।  

मधेस प्रदेशमा १ सय ४ जना प्रदेशसभा सदस्य र २ सय ६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर ३ सय ७० जना मतदाता रहेका छन् । 

मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कांग्रेस, एमाले, जसपा र लोसपा नेपालका बीचमा गठबन्धन भएको छ । लोसपा र जसपा नेपालबीच पार्टी एकताको निर्णय भैसकेको भएपनि औपचारिक निर्णय नभएको सो पार्टीका नेता सदाशिव मिश्रले जानकारी दिनु भएको छ । 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज