९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

प्रतिनिधिसभा निर्वाचन: ८० हजार सैनिक परिचालन हुने

source NNB २०८२ पुस २४ गते , बिहीबार
0
Shares
98
Views
प्रतिनिधिसभा निर्वाचन: ८० हजार सैनिक परिचालन हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना २०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि नै सेनाको फौज फिल्डमा परिचालन गरिने उनले जानकारी दिए।

उनका अनुसार सेनाको परिचालनसम्बन्धी निर्णय राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ। निर्वाचनका क्रममा सेनाले तीन चरणमा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा सेनाको प्रमुख जिम्मेवारी हुनेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा महत्वपूर्ण संरचनाको सुरक्षा व्यवस्थापन गरिने सेनाले जनाएको छ। साथै, चारवटै सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहसँगको सहकार्यमा निर्वाचनसम्बन्धी एकीकृत तालिम तथा अभ्यास तल्लो तहसम्म सञ्चालन गरिनेछ। यसले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास सेनाको छ।

मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहनेछ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति प्रदान गरिने छ ।

विगतका निर्वाचनमा जस्तै यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको सेनाले जनाएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि सेनाले नै बहन गर्नेछ।

निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन्। ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गर्दै सरकारले आवश्यक थप सुरक्षा व्यवस्था मिलाउने बताइएको छ।

सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा राज्यको प्राथमिक कार्यभार भएको उल्लेख गर्दै नेपाली सेनाले आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज