९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

मंसिरमा करिब २ खर्ब रेमिट्यान्स भित्रियो

source NNB २०८२ पुस २५ गते , शुक्रबार
0
Shares
63
Views
मंसिरमा करिब २ खर्ब रेमिट्यान्स भित्रियो

२५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष मंसिर महिनामै करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिरमा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको छ । यो कात्तिकको तुलनामा ५० अर्बले धेरै हो ।

राष्ट्र बैंकका अनुसार कात्तिकमा १ खर्ब ३३ अर्ब बराबर रेमिट्यान्स आएको थियो ।

चालु आव २०८२/८३ को पाँच महिना अर्थात् मंसिरसम्म रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ ।

गत आव सोही अवधिमा ४.७ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड बराबर रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव मंसिरसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । गत आव यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । चालु आव मंसिरसम्म खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड थियो  ।

चालु आव मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ छ ।

गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ९० हजार ३ सय ८४ र १ लाख ३५ हजार ४ सय २५ थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज