९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख २ गते , बुधबार

कल्याणपुर नगरपालिकाका पूर्वमेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

source NNB २०८२ पुस २८ गते , सोमबार
0
Shares
145
Views
कल्याणपुर नगरपालिकाका पूर्वमेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।
उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला विशेष अदालतले सुनाएको छ।
मेयरले नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा घुस मागेको पुष्टि भएको थियो।
काठमाडौँ । सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौँले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले तेलीलाई घुस लिएको अभियोगमा भ्रष्टाचार ठहर गरेको हो । मेयर तेलीले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिका अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले खटाएको टोलीले तेलीलाई उक्त घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।  अदालतमा तेलीले उक्त रकम छोराको व्यापारिक कारोबारको भएको दाबी गरे पनि मोबाइल संवादको स्क्रिप्ट र बरामद नोटको नम्बर भिड्दा उनी दोषी देखिएका हुन् ।

अदालतले तेलीलाई १ लाख रुपैयाँ जरिवानाका साथै अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ शुल्क बुझाउन समेत आदेश दिएको छ ।

यसैबिच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने सफाइ पाएकी छिन् । उनले अदालतमा बयान फेरेको (होस्टायल भएको) भन्दै अख्तियारले मुद्दा चलाए पनि उनले जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नभेटिएकाले अदालतले उनलाई सफाइ दिएको हो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज