९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

कांग्रेसका दुई पक्षबीच वार्ता विफल

source NNB २०८२ पुस २९ गते , मंगलबार
0
Shares
72
Views
कांग्रेसका दुई पक्षबीच वार्ता विफल

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच सहमति गराउने प्रयास विफल भएको छ ।

विशेष महाधिवशेन पक्षले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि मध्यमार्गी बाटो खोजेर सहमति गराउन भएको वार्ता विफल भएको हो ।

काठमाडौंको लाजिम्पाटस्थित संस्थापन पक्षका एक नेताको घरमा अपरान्ह शुरु भएको वार्तामा विशेष महाधिवेशन पक्षधरले राखेका शर्त संस्थापनले अस्वीकार गरेको बुझिएको छ ।

खाशगरी सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सवै अधिकार दिएर सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने शर्तमा संस्थापनले विमति जनाएको बुझिएको छ ।

पछि पुनः वार्तामा बस्ने भन्दै वार्ता स्थगित गरिएको छ । देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने विषयमा संस्थापन पक्षका वार्ताकारहरुले निर्णय लिने अवस्था नभएपछि वार्ता स्थगित भएको बुझिएको छ । वार्तामा विशेष महाधिवेशन पक्षले तीन वटा शर्त अघि सारेका थिए । सभापति शेरबहादुर देउवाले पार्टीको कार्यकारी भूमिका त्यागेर आगामी जेठसम्मका लागि पूर्णबहादुर खड्कालाई अधिकारसहितको कार्यवाहक सभापति बनाउनु पर्ने पहिलो शर्त रहेको छ ।

त्यस्तै दोस्रो शर्तमा आगामी प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा देउवाको हस्ताक्षर चलाउन नपाइने तथा देउवाले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने रहेको छ । त्यसैगरी विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कमिटीले स्वीकार गर्दै त्यहाँबाट पारित हुने दस्तावेजलाई कार्या‍न्वयन गर्नुपर्ने तेस्रो शर्त राखिएको छ ।

वार्तामा विशेष महाधिवेशन पक्षधरहरुको तर्फबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी थिए भने संस्थापनबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज